बिपी राजमार्गमा अलपत्र परेका यात्रुहरू पैदलै फर्किँदै

बिपी राजमार्गमा अलपत्र परेका यात्रुहरू पैदलै फर्किँदै

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्किन थालेका छन्।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरू पैदलै फर्किन थालेका हुन्। तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन्।

उनीहरूले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन्। काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन्। राजमार्गमा सयौं यात्रुहरू बीचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन्।

३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरुले सहजरूपमा पानी खानासमेत नपाएको जनाएका छन्।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरूलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकोप्टरमार्फत उपलब्ध गराएको थियो। तर, हेलिकोप्टरबाट हजारौं यात्रुको उद्धार सम्भव देखिएको छैन। काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ। 

nullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.