टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ। 

यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ। टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन्। यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ। 

यस दुःखद घडीमा ग्राहकलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो। यस सेवाका लागि हटलाइन  टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ। 

यस चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखि यस विशेष आपतकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.