प्रहरी दिवस ब्याडमिन्टन प्रतियोगितामा मोती र हिमालको जोडी पहिलो

प्रहरी दिवस ब्याडमिन्टन प्रतियोगितामा मोती र हिमालको जोडी पहिलो

उदयपुर : ६९ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ मोती राई र हिमाल राईको जोडीले उपाधि जितेको छ। 

प्रतियोगितामा सन्तोष कटुवाल र विनय चौधरीको जोडी दोस्रो बनेको छ। फाइनलको डिसाईडिङ खेलमा २ अंकले कटुवाल र चौधरीको जोडीलाई पछि पार्दै राईको जोडी प्रथम भएको हो। 

त्यसैगरी बलबहादुर कार्की र सौरभ ठकुरीको जोडी र बादल खतिवडा र गोविन्द थापाको जोडी तेस्रो भए। ए डिभिजनतर्फ १६ जोडीले भाग लिएका थिए।

त्यसैगरी ‘बी’ डिभिजनतर्फ प्रहरीका नरबहादुर राई र रुपकुमार धामीको जोडी प्रथम भएको छ। प्रहरीकै प्रकाश बस्नेत र दीपक राईको जोडीलाई पछि पार्दै राई र धामीको जोडी प्रथम भएको हो। प्रकाश र दीपकको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो। 

प्रहरीका बबिन राई र गणेश बिष्टको जोडी र केशव बस्नेत र गुनराज बञ्जराको जोडी तेस्रो भए। ‘बी’ डिभिजनतर्फ ६४ टिमले प्रतिस्पर्धा गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको दुवै इभेन्टसको फाइनल खेलको उद्घाटन त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले गरेकी थिइन्।
 
विजयी टिमहरूलाई प्रहरी दिवसा अवसरमा प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कारसहित पुरस्कृत गरिने जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए। दुई दिनका सञ्चालन भएको प्रतियोगिता वर्षातका कारण तीन दिन सञ्चालन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.