विपद्‍मा सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि मात्रै : प्रधानमन्त्री ओली

विपद्‍मा सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि मात्रै : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघको महासभाबाट सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीले ओलीले विपद्का बेला सबैको हातेमालोको आवश्यकता पर्ने बताए।

विपद्का बेला सरकारले केही गर्न नसक्नु भन्नु विरोधको लागि विरोधमात्रै भएको उनको भनाइ छ। 'सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै हो। सरकारले गर्नेसम्मको काम गरेको छ। उद्धार गरेको छ। तत्कालै बैठक बसेको छ,' प्रधानमन्त्री ओलीले भने।

उनले बाढी पहिरो भनेर नआउने भन्दै सरकारले आफ्नो बुतासम्म काम गरिरहेको बताए। 'बाढी पहिरो भनेर जाँदैन। तदारुकताका साथ सकारले काम गरिरहेको छ। बाहिर हुँदा पनि मैले यस विषयमा जानकारी लिइरहेको थिएँ। निर्देशन दिइरहेको थिएँ। सरकारले आफ्नो बुताअनुसार काम गरिरहेको छ,' उनले भने। यस्तो बेला सबै मिलेर यथार्थपरक भएर जानुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले बाढी पहिरो प्रभावित क्षेत्रमा अझ प्रभावकारी ढंगले उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढ्ने प्रतिवद्धता जनाए। 'अत्यधिक पानी पर्ने पूर्वानुमान गरिए पनि कहाँ बाढी जान्छ, कहाँ पहिरो जान्छ भनेको त छैन नि। काठमाडौंमा यति डुबान आउला भन्ने कल्पना पनि गरिएको थिएन,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.