काभ्रेमा अलपत्र परेका १४८ जना यात्रुलाई काठमाडौं लगियो
काभ्रे : जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं लगेका छन्। सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला, ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई बीपी राजमार्गबाट काठमाडौंतर्फ लगिएको हो।
यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकोप्टरमार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ लगिएको छ।
विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि नेपाली सेनाको हेलिकोप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीनवटा बसमार्फत उद्धार गरिएको हो।