न्यायालयमा भएको भ्रष्टाचार देखाउँमा आफूविरुद्ध मुद्दा चलाउन खोजियो : बार अध्यक्ष घिमिरे

न्यायालयमा भएको भ्रष्टाचार देखाउँमा आफूविरुद्ध मुद्दा चलाउन खोजियो : बार अध्यक्ष घिमिरे

काठमाडौं : नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन्।

सोमबार बार एसोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अपहेलनामा कारबाही गर्न सक्नेगरी न्यायपरिषद्ले तयारी गरेको बताए। हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनको भनाइ छ। 

आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी आफूले लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न पनि आफू तयार रहेको स्पष्ट पारे। न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने उनको भनाइ छ। उनले न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाईँ जारी रहने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.