बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो
फाइल तस्बिर

काठमाडौं : बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार साँझ ७ बजेसम्म २०९ जनाको मृत्यु भएको जानकारी दिएको छ। बाढी पहिरोमा परी २९ जना बेपत्ता भएका छन् भने १४२ जना घाइते भएका छन्।

त्यस्तै सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी र अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ। सरकारले अवरुद्ध सडक, विद्युत, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।

उनका अनुसार संयुक्त राष्ट्रसंघीय निकायहरू र लजिष्टिक क्लष्टरका साझेदार संस्थाहरूसँग बैठक गरी राहत सामग्रीहरूको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.