परराष्ट्र मन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री उर्जा जियाबीच भेटवार्ता

परराष्ट्र मन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री उर्जा जियाबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले र अमेरिकी उपविदेशमन्त्री उर्जा जियाबीच भेटवार्ता भएको छ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटमामा नेपाल-अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्री राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन्।

मन्त्री राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन्। संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री राणा वासिङ्टन डिसीमा छिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.