मन्त्रिपरिषद् बैठकमा प्रधानन्त्रीको ब्रिफिङ, भन्छन्- मोदीसँगको भेटघाट फलदायी भयो

मन्त्रिपरिषद् बैठकमा प्रधानन्त्रीको ब्रिफिङ, भन्छन्- मोदीसँगको भेटघाट फलदायी भयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अमेरिका भ्रमणका विषयमा ब्रिफिङ गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मन्त्रिपरिषद्‍मा ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट राम्रो भएको बताएका थिए। मोदीसँग दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको भनाइ थियो। 'भारतीय प्रधानमन्त्रीसँगको भेटघाटले राम्रो वातावरण बनाएको उहाँको ब्रिफिङ थियो,' प्रधानमन्त्री कार्यालय स्रोतले अन्नपूर्णसँग भन्यो। 

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो। उनीहरूबीच ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित रहेको थियो। भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमा भनेका थिए, ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’ भेटमा सँगै रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएकी थिइन्। 

त्यस्तै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालको तर्फबाट उठाउनुपर्ने विषयमा जोड दिएको बताएका थिए। उनले जलवायु परिर्वतन, भूराजनीतिक द्वन्द्व र आर्थिक असमानताको सामना गर्न विश्वव्यापी एकताका लागि राष्ट्रसंघका बैठकहरूमार्फत आह्वान गरेका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र  प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा सहयोग गर्न नेपाल सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

अमेरिकी भ्रमणका दौरान प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टब र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफासँग साइडाइन वार्ता गरेका थिए।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीइओ एलिस अल्ब्राइट र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वाललगायतसँग पनि प्रधानमन्त्री ओलले भेटवार्ता गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.