सरकार चुकेकै हो, विपद्‍मा प्रधानमन्त्री- मन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक : राजेन्द्र लिङ्देन

सरकार चुकेकै हो, विपद्‍मा प्रधानमन्त्री- मन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक : राजेन्द्र लिङ्देन

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्‍मा प्रधानमन्त्री, मन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्। सरकारले पूर्वतयारी गर्ने समय हुँदा पनि नगरेको भन्दै लिङ्देनले आलोचना गरेका हुन्। अविरल वर्षापछि उपत्यका आसपाससहित देशका विभिन्न स्थानमा २१७ जनाको मृत्यु, २८ जना बेपत्ता र असामान्य भौतिक संरचनामा ठूलो क्षति भएपछि सरकारले आवश्यक तयारी नगरेको भन्दै चर्को आलोचना भएको हो। 

अध्यक्ष लिङ्देनले विपद्मा सरकार चुकेकै र फेल भएको दाबी गरे। ‘मौसमविद्को रेडअलर्डबाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो।’ एक्समा लिङ्देनमा भनेका छन्, ‘सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन्।’

लेखकले शनिबार ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं’भनेपनि २ जनाको भने स्थानील पौडिएर उद्धार गरेपनि उनको आलोचना भएको हो ।

प्रधानमन्त्री ओलीले पनि स्वदेश फर्किएपछि सोमबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा रेडअलर्ट जारी गरे पनि सरकार किन गम्भीर बनेन भन्ने प्रश्नको जवाफमा भनेका थिए, ‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेडअलर्ट भनेर तर, कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। गएपछि थाहा हुने कुरा भयो।’

कांग्रेसकै बैठकमा पनि पार्टी सरकारमा समावेश भए पनि बाढीमा सरकारले प्रभावशाली भूमिका देखाउन नसकेको भन्दै कार्यसम्पादन समितिका सदस्यले सरकारको कार्यशैली प्रति गुनासो गरेका थिए। उपप्रधान तथा सहरी विकासमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्रीको नेतृत्व पाए पनि विपद्का बेला खट्न नसकेको गुनासो कांग्रेस बैठकमा उठेको थियो। सँगसँगै गृहमन्त्री रमेश लेखकको पनि आलोचना भएको थियो। 

नख्खु खोलामा उद्धारको पर्खाइमा रहेका मानिसलाई बचाउन लामो समयसम्म पनि सरकारी संयन्त्र नपुगेपछि सरकारप्रति प्रश्न तेर्सिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.