बयलपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रूपमा विकास गरिने

बयलपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रूपमा विकास गरिने

अछाम : सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री मेघराज खड्काले बयल्पाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री खड्काले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि विज्ञहरूको टिम बनाएर विशिष्टकृत अस्पतालको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिने बताए । मन्त्री खड्काले चालु आर्थिक वर्षका लागि ७ करोड ५० लाख बजेट अस्पतालका विनियोजन गरिएको जानकारी दिए ।

उनले भने, ‘सिधै कुनै संघसंस्थालाई तलब खुवाउनु भनेर बजेट हाल्न मिल्दैन, अहिले मात्र बजेट विनियोजनले तत्कालको समस्या समाधान त होला ,पछि फेरि यो समस्या आईहाल्छ । त्यसैले यसको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाएको छु, विज्ञ टोली बनाउने र अगाडि बढ्ने तयारी छ ।’ बयालपाटा अस्पताललाई विनियोजन गरेको विषयमा सामाजिक सञ्जालहरूका विभिन्न टीकाटिप्पणी आएको भन्दै बयालपाटा अस्पतालका डाक्टरहरूको सल्लाहअनुसार नै बजेट विनियोजन गरिएको बताए ।

उनले दातृ निकायको भर पर्नुपर्ने वातावरणको अन्त्य गर्न अति आवश्यक रहेको बताए । मन्त्री खड्काले प्रदेशको शिक्षा,स्वास्थ लगायतको क्षेत्रमा उचित सम्बोधनसहित बजेट विनियोजन गरिएको बताए । उनले मन्त्रालयमा योजना मागको चाप धेरै रहेकाले सम्बोधन गर्नुपर्ने योजनाहरू छानिएका र केही छुटफुट भएको भन्दै छुटेका योजनाहरूलाई पनि समाबेश गरिने बताए । 

कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले प्रदेश सरकारबाट २ करोड ६० लाखको विभिन्न १५ वटा योजनाहरूमा आएको बताए । कुँवरले  प्रदेशबाट आएका योजनाहरूलाई प्रभावकारी बनाउन सबै सकारात्मक तरिकाले लाग्न आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.