धरानको ब्याडमिन्टन प्रतियोगिता सर्यो
धरान : सुनसरीको धरानमा हुने प्रथम धरान खुल्ला ब्याडमिन्टन प्रतियोगिता शोक बिदाका कारण सरेको छ । धरान ब्याडमिन्टन क्लबको आयोजनामा यहीँ असोज १७ गतेदेखि १९ गतेसम्म आयोजना हुने भनिएको ब्याडमिन्टन प्रतियोगिता १८ गतेका लागि सारिएको क्लबका अध्यक्ष टंकबहादुर लिम्बुले जानकारी दिएका छन् ।
सरकारले बाढीबाट ठूलो धनजनको क्षति भएकाले असोज १५ देखि १७ गतेसम्म शोक बिदा दिएका कारण ब्याडमिन्टन प्रतियोगिता एकदिन पर सारिएको क्लबका अध्यक्ष लिम्बुले बताए। । पाँचवटा विधामा आयोजना गर्न लागिएको प्रतियोगितामा देशभरबाट खेलाडी आउने क्लबका सदस्य देबेन्द्र खड्काले बताए ।
धरान-१३ स्थित अमरहाट कबडहलमा आयोजनागरिएको प्रतियोगितामा पुरुष डबल, महिला पुरुष मिक्स डबल, डबल, पुरुष भेट्रान ४५ र पुरुष भेट्रान ५५ गरी पाँच विधामा आयोजना गरिएको उनले बताए ।
प्रतियोगिताका विजेताले एकलाख १५ हजार र उपविजेताले ५५ हजार र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको क्लबका बरिष्ठ उपाध्यक्ष तेज मेन्याङबोले बताए ।