काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। प्रधानमन्त्री एवम् नेकपा एमाले केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोले अत्याधिक जनधनको क्षति भएपछि आगामी रणनीति तय गर्न बैठक बसेको हो।
एमाले पार्टी कार्यालय च्यासलमा समेत बाढी पसेपछि होटल बसेरामा बैठक बसेको हो। अहिले पार्टी कार्यालय एमालेको भातृसंगठन जिफन्टले धमाधम सफा गरिरहेको छ।
बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा र बाढी-पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका विषय मुख्य एजेण्डा रहेको छ।
सचिवालय बैठकपश्चात एमाले संसदीय दलको बैठक बस्दैछ।