हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध स्थगित

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध स्थगित
तस्बिर : रासस।

गोरखा : सामागाउँका बासिन्दाले मनास्लु क्षेत्रमा हेली उडान निषेध कार्यक्रम स्थगित गरेका छन्। सरकारले कार्यदल गठन गरी निषेधित क्षेत्र खुल्ला गर्न पहल गरेपछि गाउँलेको अवरोध कार्यक्रम स्थगित गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए। 

मनास्लु क्षेत्र र चुम उपत्यकालाई सरकारले लगाएको निषेधित क्षेत्र खुल्ला गर्न र हेलिकोप्टर उडानलाई सहज बनाउन माग गर्दै उनीहरूले गत बुधबारदेखि हेली उडानमा रोक लगाएका थिए। मनास्लु आरोहणमा आएका आरोही र पर्यटक सिजनमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएपछि यहाँ समस्या उत्पन्न भएको थियो।

‘गृह मन्त्रालयले यहाँको माग सम्बोधन गर्न सात सदस्यीय कार्यदल बनाई १५ दिनभित्र उपयुक्त प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ’, अध्यक्ष लामाले भने, ‘सरकारकाले सकारात्मक पहल गरेकाले स्थानीयवासीले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन्।’ सामागाउँवासीले उठाएको सो माग मनास्लु क्षेत्रको मात्र नभै समग्र चुमनुब्रीवासीको भएकाले गाउँपालिकाले पनि समस्या समाधानका लागि सहजीकरण गरिरहेको उनले बताए।

स्थानीय आन्दोलित भएपछि प्रतिनिधिसभा सांसद राजेन्द्र बजगार्इं, गाउँपालिकाका अध्यक्ष निमा लामा, प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोली आइतबार हेलिकोप्टरमा मनास्लु क्षेत्र पुगी समस्या समाधानका बारेमा छलफल गरेका थिए। विगत दशकौंदेखि यस क्षेत्रमा लगाइएको निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेली उडान प्रक्रिया सहज बनाउनुपर्नेलगायतका माग सामागाउँवासीको छ।

सरकारले कार्यदल बनाई १५ दिनभित्र समस्याको समाधानको निचोड निकाल्ने प्रयास गरेकाले त्यसलाई सघाउन हेली उडानमा अवरोध हटाइएको सामागाउँका स्थानीय मिङ्मार लामाले बताए। ‘आइतबार भएको सांसद, गाउँपालिका अध्यक्ष, प्रजिअसहितको बैठकले माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएकाले  खुल्ला गरेका हौं’, उनले भने।स्थानीयहरूले हेली उडानमा रोक लगाउँदा मनासलु आरोहण गर्न तथा ट्रेकिङका क्रममा मनास्लु क्षेत्र पुगेका पर्यटक उद्धारका लागि समस्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.