नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक आज राती बन्द हुने

नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक आज राती बन्द हुने

परासी : नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक आज राति १० बजेदेखि भोलि (बुधबार)बिहान ५ बजेसम्मका लागि बन्द हुने भएको छ। 

हिजो दिउँसो ४ बजेदेखि अवरुद्ध रहेको सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको छ। बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फीरूपमा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्। 

अहिले सडकलाई सामान्य मर्मत गरेर दुईतर्फी सञ्चालनमा ल्याइएको छ। सडक व्यवस्थित रुपमा मर्मत गर्नुपर्ने भएकाले रातीको समयमा सवारी साधन रोकेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन्। रातको समयमा बन्द हुने सडकमा भने अत्यावश्यक सवारी साधन भने सञ्चालन हुने जिल्ला प्रशासनले निकालेको सूचनामा जनाइएको छ।

नवलपरासीको दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि राजमार्ग अवरुद्ध बनेको थियो। सडक ४ मिटर भासिएको छ। अहिले सडकको भित्तालाई फोडेर काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.