दुर्घटनामा घाइते भएका तामाङको मृत्यु

दुर्घटनामा घाइते भएका तामाङको मृत्यु

विराटनगर : मोरङमा दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ धोबिनीमा दुर्घटनामा परेर घाइते भएका मिक्लाजुङ–४ का २८ वर्षीय लिखमल तामाङको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको  हो । 

भित्री सडक खण्डमा को १ ज ८९६७ नम्बरको पिकअप गाडी र मे ६ प ९८७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गत शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार तामाङ र २८ वर्षीय छवि मगर गम्भीर घाइते भएका थिए । घाइतेमध्ये तामाङको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा बिहान ९:४० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार अर्का घाइतेको उपचार भइरहेको छ । 

दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४१ वर्षीय गंगाराम अधिकारीलाई नियन्त्रणमा लिएको थियो । अधिकारीविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.