बाढी-पहिरो पीडितलाई सहयोग

सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

उद्धार, राहत र स्वयंसेवामा लाग्न प्रधानमन्त्रीको आह्वान

सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले)ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको एमालेको सचिवालय बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको महासचिव शंखर पोखरेलले जानकारी दिए।

nullसोमबारको मन्त्रिपरिषद् बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरे।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.