सरकारलाई गाली गर्ने बेला होइन, सबै मिलेर उद्वार, राहत र पुनःस्थापना गरौं : दाहाल

सरकारलाई गाली गर्ने बेला होइन, सबै मिलेर उद्वार, राहत र पुनःस्थापना गरौं : दाहाल

ललितपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपद्का बेला सरकारलाई गाली नगर्ने बताएका छन्। उद्धार र राहतमा सरकारले ढिलाइ गरे पनि यस्तो बेला जनताको आवश्यकता मिलेर पूरा गर्नुपर्ने उनको भनाइ छ।

'सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनःस्थापना गर्नुपर्छ,' उनले भने। पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरूलाई पुरानै अवस्थामा पुर्‍याउने उनको प्रतिवद्धता जनाएका थिए। 

माओादीले बाढी पहिरो पीडितको उद्धार र सहयोगका लागि पार्टीले छुट्टै डेस्क स्थापना गरेर काम गरिरहेको बताए। उनले पार्टीका सांसदहरूको १० दिनको तलब पनि कोषमा जम्मा गरिने बताए।

जनजीवन सहज बनाएर सबै पीडितलाई दसै मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनःस्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरूरु पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताए। यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरे।

त्यसअघि बाढी पीडितहरूले विपद्को बेलामा अभिभावकत्व गरिदिन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै उनीहरूले गुनासो गरेका थिए

ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगका अध्यक्ष दाहाललाई पीडितहरूले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरे। पीडितहरूले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरू घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.