बाढीपीडितहरूका लागि राहत सहयोग गर्न पनौती नगरपालिकाको अपिल

बाढीपीडितहरूका लागि राहत सहयोग गर्न पनौती नगरपालिकाको अपिल

काठमाडौं : बाढीपीडितहरूका लागि राहत सहयोग गर्न पनौती नगरपालिकाले अपिल गरेको छ। बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि नगरपालिकाले सहयोगका लागि अपिल गरेको हो। 

असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले नगरपालिकाभित्र २० जनाको मृत्यु भएको थियो। नगरपालिकाका अनुसार पहिरोले ५०० घर पूर्ण क्षति भएको, ७१३ घर आंशिक रूपमा क्षति भएको, २ हजारभन्दा बढी संख्यामा पशु मरेका छन्। 

यसैगरी अधिकांश सडकहरू बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेका, सयौं रोपनी जग्गामा लगाइएको खेतीबाली पूर्ण रूपमा नष्ट भएको लगायतका क्षतिहरूका कारणबाट पनौती नगरपालिका भित्रको जनजीवन विकराल अवस्थामा रहेको नगरपालिकाले जनाएको छ।  

अहिले खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत, आवागमन लगायतका समस्याहरूबाट जनजीवन असाध्यै कष्टकर बनिरहेको नगरपालिकाले उल्लेख गरेको छ। 

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘मानवीय संकटको यस अवस्थामा पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु हामी सबैको मानवीय कर्तव्य नै हो। हृदय विदारक यस अवस्थालाई महसुस गरी पीडितहरूको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्य गर्ने गरी यस नगरपालिकामा उदारतापूर्वक सामाग्रीहरू (खाद्यान्न, लत्ताकपडा, त्रिपाल, भाँडाकुँडा, टर्च बत्ति आदि) वा नगदै सहयोग गरिदिनुहुन तीनै तहका सरकारहरू, दाता निकायहरू, विभिन्न संघसंस्थाहरू, राजनैतिक दल, आम नागरिक लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध छ।’

नगद सहयोग गर्न इच्छुक दाताले बाढीबाट विस्थापित तथा संकटमा परेको परिवारहरुलाई पुनर्स्थापना गर्न र क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्नका लागि नगरपालिकाको ‘पनौती नपा प्रकोप व्यवस्थापन कोष’ मा सहयोग रकम जम्मा गर्नका लागि नेपाल बैंक लिमिटेड, पनौती शाखामा रहेको कोषको खाता नम्बर ०९००३०००००७००२०००००१ मा रकम जम्मा गर्न सक्ने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.