होटलमा राखिएको समोसा र लिटीमा भेटियो किरा

होटलमा राखिएको समोसा र लिटीमा भेटियो किरा

सिरहा : सिरहाको लहानमा बजारमा चाडपर्व नजिकिएसँगै अनुगमन सुरु भएको छ। मंगलबार लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको नेतृत्वमा भएको अनुगमनका क्रममा हुँदा माखन भोग होटलका समोसा र लिटिमा किरा फेला परेको छ। त्यस्तै कृष्णा सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको हो।

किरा फेला परेको लिटी र समोसा जफत गरी नष्ट गरिएको छ। १ लाख २५ हजार ६८० रुपैयाँ बराबरको कोक, स्प्राइट र वियर नष्ट गरेको छ। बाँकी म्याद सकेका पेयपदार्थ पनि तीन दिन भित्र खाली निर्देशन दिएको उपमेयर महतोले बताए। खाली नगरे पुनः अनुगमन गरी कारबाही थालिनेछ। 

माखन भोग होटलमा पटक पटक यस्तो किरा फेला पर्ने घटना देखिएकाले कानुन बमोजिम कारबाही बढाएको उपमेयर महतोले बताए। यस होटलमा यो घटनासहित ४ पटक खानेकुरामा किरा र कपाल फेला परेको हो। उक्त होटललाई नगरपालिकाले २० हजार जरिवाना गराएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.