यसखालको परिस्थितिका लागि सरकारको पूर्वतयारी थिएन : प्रधानमन्त्री

यसखालको परिस्थितिका लागि सरकारको पूर्वतयारी थिएन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नुपरेको बताएका छन्। गत शुक्रबार र शानिबारको वार्षाका कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आएको बाढी-पहिरो आफूहरूले सोचेकोभन्दा ठूलो आएको प्रधानमन्त्री ओलीको भनाइ छ।

'हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको वर्षा होला र बाढी पहिरोले ठूलो जनधनको क्षति गर्दा भन्ने हामीले सोचेकै थिएनौं। ठूलै विपत्ति आइलागेको छ। फेरि विपत्ति भनेर आउने पनि होइन,' प्रधानमन्त्री ओलीले भने।


उनले सरकारको कमीकमोजरी भए पनि उद्धार र राहतमा सक्ने काम गरिरहेको बताए। उनले विपत्ति कुनै राजनीतिक रंग वा पेसा व्यवसायलाई लक्षित गरेर नआउने भन्दै यस्तो बेला जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माण गर्न सबै एक हुनुपर्ने बताए। सरकारको कमी कमजोरीलाई आगामी दिनमा दोहोरिन नदिने उनले प्रतिवद्धता जनाएका थिए। 

'कमी कमजोरी हुन्छ। त्यो देखाउन पनि सकिन्छ। त्यस्ता कमजोरीलाई सुधार गर्दै जानुपर्छ। तर, त्यसका बावजुद सुरक्षाकर्मीले राम्रो काम गरेको छ। ४ हजार बढी मान्छेलाई त बचाएको छ। उद्धार गरिएको छ। उनीहरूको जीवन जोगाएको छ। यो कुरा पनि हामीले हेर्नुपर्छ,' उनले भने।

उनले कतिपय ठाउँमा संरचनाका कारण पनि क्षति व्यहोर्नुपरेको बताए। उनले एमाले पार्टी कार्यालयसँगै रहेको च्यासलको पुलका कारण त्यहाँ क्षति हुने गरेको बताए। पुलले पानी नै बग्न नदिएका कारण त्यस क्षेत्रमा समस्या पैदा गरेको उनको भनाइ छ। 

उनले तत्काल उद्धार र पुनःस्थापनासहितको राहत दिएर भौतिक संरचनाको पुनर्निर्माण गरिने बताए। उनले बगाएका पुलमा तत्काल बेलब्रिज हाल्ने र नबग्नेगरी पक्की पुलको निर्माण गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्री ओलीले किसन र बगेका घरधनीलाई पनि राहत उपलब्ध गराउने बताए। 'केही गोलमाल भएको छैन। सिलसिलेबद्ध रूपमा सबै काम हुन्छ। अहिले दुर्गमजस्तो कुनै ठाउँ छैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.