सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ

सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं : सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाई रहेकी छन्। उनलाई पोखरा-४ गैह्रापाटनबाट पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनले गितेन्द्र बाबु राईसँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा हालेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने कार्य गरेका थिए। 

कास्कीको पोखरा महानगरपालिका-४ नालाकोमुखस्थित सञ्चालनमा रहेको सूर्य दर्शन सहकारीको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरेको पाइएको सूचना अधिकारी शर्माले बताए। 

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.