देवकुमार नेपाली पुर्पक्षको लागि कारागार चलान

देवकुमार नेपाली पुर्पक्षको लागि कारागार चलान

बागलुङ : सहकारी ठगी मुद्दाका आरोपी इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली पुर्पक्षको लागि कारागार चलान भएका छन्। 

जिल्ला अदालत बागलुङमा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई थुनामा राख्न आदेश दिएको हो। नेपालीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको छ। 

सहकारी ठगीको आरोप लागेपछि फरार रहेका नेपालीलाई १६ महिनापछि गत शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ गरिएको थियो। नेपाली र दर्जीलाई भारतबाट काठमाडौं ल्याइएर आइतबार हवाई मार्ग हुँदै पोखरा ल्याइएपछि नेपाल प्रहरीले राति नै सडक मार्ग हुँदै बागलुङ ल्याएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार अदालतमा बयानको लागि लगेको थियो। सोमबार बयान सकिएपछि मंगलबार थुनछेक बहस भएको हो।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत इमेज सहकारी खोलिएको छ। २०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए। 

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो। नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो। 

१२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षको लागि कारागारमा रहेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ। भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.