सिम्रिक एयरको हेलिकोप्टरले गर्‍यो दुई सय बढीलाई उद्धार

सिम्रिक एयरको हेलिकोप्टरले गर्‍यो दुई सय बढीलाई उद्धार

काठमाडौं : बाढी पहिरोका कारण अलपत्र परेका दुई सय बढीलाई सिम्रिक एयरले उद्धार गरेको छ। सिम्रिक एयरको हेलिकोप्टरले बीपी राजमार्गमा अलपत्र परेका यात्रु र घाइतेहरूलाई उद्धार गरेको हो।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आइतबार र सोमबार गरेर दुई सयभन्दा बढीको उद्धार गरेको बताए। 'रोशी र सुनकोशी नदीले बीपी राजमार्गमा क्षति पुर्‍याएपछि धेरै यात्रु र घाइतेहरूसमेत अलपत्र परेको जानकारी आएपछि हामीले त्यस क्षेत्रबाट उद्धार गरेका हौं,' महाप्रबन्धक जोशीले भने।

उनका अनुसार उद्धारका लागि सिम्रिकको दुई वटा हेलिकोप्टर परिचालन गरिएको थियो। सिम्रिक एयरले यात्रुहरूलाई धुलिखेलसम्म ल्याएको थियो। प्रकोपका समयमा अन्य नियमित उडानलाई समेत स्थगन गरेर सिम्रिकले प्रकोपग्रस्त क्षेत्रको उद्धारमा हेलिकोप्टर परिचालन गरेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.