पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना विद्यार्थीको सम्झनामा दीप प्रज्वलन
मकवानपुर : सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडमीका ६ जना विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो।
असोज १२ गते मकवानपुरका ३ जना विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो। पहिरोमा परी ज्यान गुमाउनेहरूमा मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ रहेका थिए भने सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका थिए।
कार्यक्रममा मनहरी–१ का वडाध्यक्ष शवप्रसाद खनाल, क्लबका सचिव रामगोपाल पराजुली , रामकुमार उप्रेती, अन्य पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।