चाडबाडमा दुर्घटनाको जोखिम
नेपालीका सबैभन्दा ठूला चाडपर्व दसैं र तिहार हुन्। यी चाड आउँदा खुसी त आउँछन्, पछिल्ला वर्षहरूमा भने थुप्र दुःख पनि बढेका छन्, त्रास र जोखिम पनि चाडपर्व सँगसँगै आउँछन्। यसपालि त झन् दसैंको मुखमा राष्ट्रले ठूलो विपत्ति व्यहोर्नु परेको छ।
पृथ्वी राजमार्गमा बसहरू न पहिरोमा पुरिए, काठमाडौं जलमग्न बनेनमात्र दर्जनौंको ज्यान लियो। सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लामा ठूलो धनजनको क्षति भयो। दुई सय हाराहारीका नागरिकका नागरिकले ज्यान गुमाए। दसैंको छेकोमा भएको विपत्तिले अरू बेलाका दसैंतिहार र खासगरी चाडबाडमा हुने दुर्घटनाको त्रासले झस्काएको छ। त्यसो त सडक दुर्घटना चाडबाडका बेला झन् धेरै हुने गरेका छन्। चाडबाडका बेला ओहोरदोहोर धेरै हुन्छ।
जति धेरै बाक्लो ओहोरदोहोर उत्ति नै दुर्घटना हुन्छ। दसैंका बेलामात्र राजधानी उपत्यकाबाट २५ लाख हाराहारीले बाहिरको यात्रा गर्छन्। वर्ष २०८०/८१ मा २२ हजार ९ सय २७ दुर्घटना भएका थिए। जसमा २ हजार ३ सय ६९ जनाको मृत्यु नै भएको थियो। त्यसमा चाडबाडका बेलाका दुर्घटना पनि छन्।
२०८० को दसैंताका १ हजार १ एक ५३ दुर्घटना हुँदा ९७ जनाले ज्यान गुमाएका थिए। दैनिक ७ जनाले नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउने गरेको प्रहरीसँगको तथ्यांकले देखाउँछ।
धेरै यात्रु एकैचोटि यात्रा गर्ने सडकहरूमा यातायात व्यवस्था चुस्त छन्। सडकहरू आफैंमा सुरक्षित छैनन्। साँघुरो राजमार्गहरू सानोतिनो पहिरो र बाढीले पनि भत्किन्छन् अनि सामान्य दुर्घटना हुँदा पनि गाडीहरू छेउ लगाउन हम्मे पर्ने अवस्था छ। राजधानी जोड्नेसहित राजमार्गहरूको स्तरोन्नतिमा सरकारको उचित ध्यान पुगेको छैन।
सडक जताततै खनिएका छन्, बनाइएका छन् तर तिन दुर्घटनाको कारण हुनु भनेको सुरक्षित र स्तरीय सडक नहुनु हो। अर्काेतिर यातायात मजदुर धेरै धपेडीमा हुन्छन्। वैकल्पिक जनशक्ति र वैकल्पिक यातायातका साधनको जोहो पनि दसैं वा चाडबाडका बेला चाहिन्छ। त्यस्तो प्रबन्ध हुन सकेको छैन। त्यसमाथि सडक सचेत यात्रु र चालकको आवश्यकता त छँदै छ। जसरी पनि यात्रा गर्नुपर्ने तर सुरक्षाको ख्याल नगर्ने प्रवृत्ति पनि दुर्घटनाको कारण हो। त्यसतर्फ यात्रुलाई सचेत बनाउन जरुरी छ।
सडक दुर्घटना चाडबाडका बेलामात्र होइन, जुनसुकै बेला पनि हुनु हुँदैन र यसलाई न्यूनीकरण गर्न सकिन्छ। त्यसका लागि यात्रुदेखि राज्य सबैले आ-आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।