इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

इजरायली सेना (आईडीएफ) ले इरानबाट आफ्नो इजरायलमा मिसाइल आक्रमण भएको दाबी गरेको छ । इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।

साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा जान र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ । यसअघि तेल अभिभमा फायरिङको आवाज सुनिएको थियो ।  

इजरायली रक्षा बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थानमा रहनु होला। तपाईंले सुन्नुहुने विस्फोटहरू प्रोजेक्टाइलहरू (रकेट वा मिसाइलहरू) खसेको वा नष्ट भएको हुन्।'

सेनाले यी क्षेप्यास्त्रहरू पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ। इरानले प्रहार गरेको मिसाइल इजरायलको आकाशमा देखिएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकहरूलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेका छन्। हगरीले भने, 'हामी बलियो छौं र यो घटनाको सामना गर्न सक्छौं। इजरायली सेना आफ्ना नागरिकहरूको सुरक्षाका लागि हरेक कदम चाल्न तयार छ।'

आक्रमण हुनुअघि नै अमेरिकाले इरानबाट इजरायलमा आक्रमण हुन सक्ने बताएको थियो । इजरायलले भने हाल लेबनानमा हिजबुल्लाह विरुद्ध जमिनबाट आक्रमण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.