दुर्घटनामा बोलेरो चालकको मृत्यु

दुर्घटनामा बोलेरो चालकको मृत्यु

विराटनगर : मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ।

मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय  नोबेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। 

दुर्घटनामा बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बसको अगाडिको भागमा पनि क्षति पुगेको छ। दुर्घटनापछि फरार बनेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.