गाँजाको झोला फ्यालेर मोटरसाइकल चालक फरार

गाँजाको झोला फ्यालेर मोटरसाइकल चालक फरार

विराटनगर : विराटनगरबाट सशस्त्र प्रहरीले मंगलबार राती ८ किलोग्राम गाँजा बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा बरामद भएको हो। 

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटाहाबाट खटिएको इन्सपेक्टर सम्झना देउजा नेतृत्वको टोलीले राति ९ बजेतिर गाँजा बरामद गरेको थियो। 

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्ववन्धु खड्काले नम्बर नखुलेको शंकास्पद मोटरसाइकललाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झोला फ्यालेर चालक फरार भएको जानकारी दिए। 

झोला खानतलासी गर्दा ८ किलोग्राम गाँजा बरामद भएको उनले बताए। एसपी खड्काका अनुसार फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको छ। बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.