थाइल्याण्डमा ४४ जना सवार स्कुल बसमा आगलागी, २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा ४४ जना सवार स्कुल बसमा आगलागी, २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । मंगलबार दिउँसो करिब १२:३० बजे बैंककको खु खोत क्षेत्रमा दुर्घटना भएको हो । बस स्कुलबाट फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले यातायात मन्त्रीलाई घटनास्थलमा गएर अवस्थाबारे जानकारी लिन निर्देशन दिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.