प्री ओपन सेसनमा ६.१६ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले बढेको छ। बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक ६.१६ अंकले बढेर २६२९.७३ विन्दुमा पुगेको हो।
यो समयमा ८१ स्क्रिप्सको १० हजार ७७५ कित्ता सेयर ५६ लाख ४५ हजार ६४८ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ५२ स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ। बाँकी ८ स्टक्सको मूल्य भने स्थिर रहेको छ।