रियलमीको 'बडा दसैं,तिहारको बडा अफर' सुरू

रियलमीको 'बडा दसैं,तिहारको बडा अफर' सुरू

काठमाडौं : सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले 'बडा दशैं, तिहारको  बडा अफर' योजना सुरु गरेको छ । नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरूका लागि योजना ल्याइएको कम्पनीले जनाएको छ । 'बडा दशैं, तिहारको बडा अफर' असोज १५ देखि कार्तिक २२ सम्म लागू हुनेछ । 

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहारस्वरुप एमजी ४ इभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

योजनाको बारेमा बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने,'सर्वप्रथम त  महान् चाड विजयादशमी एवं दीपावली २०८१ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामी प्रविधिको माध्यमबाट मानिसलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिवद्ध छौँ । चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइसँग रमाइलो गर्ने अवसर हो । यसै अवसर पारेर हामीले यस 'बडा दशैं, तिहारको बडा अफर' योजना ल्याएका छौँ । हामीलाई आशा छ यो अफरले हाम्रा ग्राहकहरूको चाडपर्वको रौनकलाई अझै बढाउनेछ । '

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहकहरू यो योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले रियलमीको वेभसाइट  www.realmedashaintiharoffer.com मा गएर आफूले खरिद गरेको स्मार्टफोनको IMEI  नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.