इरानद्वारा इजरायलमा  १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

इरानद्वारा इजरायलमा  १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

इरानले इजरायलमा लगभग १८० क्षेप्यास्त्र प्रहार गरेको छ। प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको इजरायली सेनाले जनाएको छ।

प्रहारबाट केही सैन्य अखडा तथा रेस्टुराँ र विद्यालयमा क्षति पुगेको बताइएको छ।
 

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेकोले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

मन्त्रीपरिषद् बैठकमा नेतन्याहूले इजरायलले इरान र अन्य शत्रुविरुद्ध जबाफ दिने दृढता उल्लेख गरे।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले  इरानको शान्ति र सुरक्षाको उद्देश्यले हमदा गरिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई  'इरान र नागरिकको प्रतिरक्षा' का लागि इजरायललाई दिइएको एउटा 'निर्णायक' जबाफ भएको बताएका छन्।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले इरान जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए।

उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.