मदनभण्डारी लोकमार्गको सिन्धुली–मकवानपुर खण्ड दुईतर्फी सञ्चालन

बिपी र मध्यपहाडी राजमार्गको अवरोध धमाधम हटाइँदै

मदनभण्डारी लोकमार्गको सिन्धुली–मकवानपुर खण्ड दुईतर्फी सञ्चालन

सिन्धुली : लगातारको वर्षासँगै आएको बाढीका कारण क्षति भएको  मदनभण्डारी लोकमार्गको सिन्धुली–मकवानपुर खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । त्यस्तै बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग र मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको अवरोध धमाधम हटाउन थालिएको छ। 

बागमती नदीमा आएको बाढीका कारण मदन भण्डारी राजमार्गको सिन्धुली–हेटौंडा सडकखण्ड अन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिकैको बाटो सोमबारबाट एकतर्फी सञ्चालनमा आएको थियो।

बागमती गाउँपालिका-४ पाँचपाण्डवमा बागमतीले कटान गरी अवरुद्ध भएको स्थानमा पुन: अस्थायी डाइभर्सन बनाइएपछि उक्त राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको हो। 

nullबागमती गाउँपालिकातर्फ प्रमुख सर्केश घलानको पहलमा अवरुद्ध बाटो खोलिएको हो। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकातर्फ गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाईवाको पहलमा गाउँपालिकाकै स्रोत र साधनको प्रयोग गरेर राजमार्गको पहिरो हटाइएपछि अहिले अवरुद्ध हटेको छ। 

 मदन भण्डारी लोकमार्ग पूर्णरुपमा सञ्चालनमा आएसँगै बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग हुँदै राजधानी काठमाडौं जाने र बाहिरिने सवारी साधनहरू मंगलबारबाट यस राजमार्ग हुँदै सञ्चालनमा आउन थालेका छन्।

उता बिपी राजमार्गको खुर्कोट–नेपालथोक खण्ड अस्थायी ममर्तपछि सोमबारबाट एकतर्फी सञ्चालनमा आएको छ भने नेपालथोक–धुलीखेल खण्डमा दर्जनौं स्थानमा अवरुद्ध छन्। ती स्थानमा रोशीमा आएको बाढीका कारण क्षति पुगेपछि नेपाल प्रहरी, सडक विभाग, स्थानीय जनप्रतिनिधि लगायतका पहलमा रोशी तर्काएर अस्थायी ट्रयाक निर्माण थालिएको सिन्धुली क्षेत्र नम्बर दुईका संघीय सांसद लेखनाथ दाहालको भनाइ छ।  दाहाल स्वयम् त्यस क्षेत्रमा राजमार्ग खुलाउन पहल गरिरहेका छन्। 

मध्यपहाडी लोकमार्गमा भने खुर्कोटदेखि घुर्मीसम्मको अवरोध हटाउन प्रहरी, सडक विभाग, गोलन्जोर र फिक्कल गाउँपालिकाको पहलमा काम भइरहेको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। मध्य पहाडी लोकमार्गको अवरोध मौसमले साथ दिए बिहिबारसम्ममा हटाइने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.