बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा

बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा

काभ्रे : बीपी राजमार्गको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका खण्डमा सडक विभाग भक्तपुरको टोली निरीक्षणका लागि पुगेको छ। क्षतिको यकिन गर्न बुधबार बिहान पैदलमार्फत टोली रोशी पुगेको सडक साइड इन्चार्ज चन्द्र लामाले अन्नपूर्णलाई जानकारी दिए । 

स्थलगत अवलोकन गर्दै विभागको इन्जिनियरसहितको टोलीले प्रारम्भिक काम सुरु गरेको उनको भनाई छ । रोशी गाउँपालिकाखण्डमा बाढी पहिरोले बगाएको सडक नापदेखि तत्काल कसरी, के-के काम गर्न सकिन्छ भनेर टोलीले प्रतिवेदन तयार पार्नेछ । 

रोशी गाउँपालिका खण्ड चौकी डाँडादेखि सिन्धुलीको सिमा नेपालथोकसम्म बीपी राजमार्ग ठाउँ-ठाउँमा बाढी पहिरोले बगाएको छ । सडक बगाएको स्थानहरुमा मान्छे हिँड्न सक्ने अवस्था समेत नभएको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिए । गाउँपालिकाले बिदामा रहेका कर्मचारीलाई विपद्को समयमा तुरुन्तै पालिका हाजिर हुन निर्देशन दिएको गाउँपालिका उपाध्यक्ष लामाले बताए ।

अब सहज हुने बित्तिकै बाढीले बगाएका स्थानहरुमा मान्छे हिँड्न सक्ने र अस्थायी बाटो बनाउनको लागि पालिकाले पहल लिइरहेको उपाध्यक्ष लामाले अन्नपूर्णलाई जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.