हुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
हुम्ला : माटोको ढिस्कोमा पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ। ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्लको माटो ढिस्कोले पुरिएर बुधवार मृत्यु भएको हो।
दसैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा बिहान ८ बजे माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा घर पोत्ने कमेरो माटो खन्ने बेला ढिस्कोले च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।
एक जना समान्य घाइते र दुई जनाको मृत्यु भइसकेको प्रहरी निरीक्षक सुवेदीले बताए।