आरनमा काम गरिरहेका प्रेमबहादुरको हत्या
स्याङ्जा : हरिनास गाउँपालिकाका ५८ वर्षीय प्रेमबहादुर कामीको घनको चोटका कारण मृत्यु भएको छ। हरिनास ४ बांगेश्वरामा आरनमा बसेर काम गरिरहेका अवस्थामा सोही स्थान बस्ने ३२ वर्षीय सुरेश थापाले मंगलबार घन प्रहार गरेको प्रहरीले जनाएको छ।
आरनामा काम गरिरहेका बेला कामीको टाउकोमा थापाले घनले हानेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। आरोपित थापा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरी कार्यालय स्याङ्जा।