बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार
तस्बिर : अन्नपूर्ण

काठमाडौं : बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढी -पहिरोमा फसेका १४ हजार ८०२ जनाको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र कतिपय ठाउँमा सडक खुले पनि ट्राफिक जाम भइरहेको छ।

लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.