संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ जारी, पेस गरे योजना
काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ समितिमा सुनुवाइ जारी रहेको छ।आज सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ भएको हो।
न्यायाधीश राउतले न्यायालय सुधारका लागि समितिसमक्ष २४ बुँदे योजना पेस गरेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेपछि उनीविरूद्ध ६ वटा उजुरी परेका थिए।
संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको असोज १९ गतेबाट पदावधि सकिँदैछ।
प्रधानन्यायाधीश राउतलाई संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।