निर्माण व्यवसायीलाई चाँडै भुक्तानी दिन्छौं : अर्थमन्त्री

निर्माण व्यवसायीलाई चाँडै भुक्तानी दिन्छौं : अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्।

बुधबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी छिटै दिने बताएका हुन्। उन ले प्रक्रियागत कारणले ढिलाई भएको हुनसक्ने भन्दै दशैअघि नै भुक्तानी दिन प्रयास गर्ने बताए।

पौडेलले संसदले पास गरेको बजेटका लागि निर्माण व्यवसायीले कुनै चिन्ता लिन नपर्ने धारणा राखे । उनले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले निर्माण व्यवसायी महासंघको सहयोगको अपेक्षा गरे।

विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाहरूको निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.