सडक सञ्जाललाई तत्काल पुनःस्थापना गर्नुपर्छ : अध्यक्ष दाहाल

सडक सञ्जाललाई तत्काल पुनःस्थापना गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सडक सञ्जाललाई तत्काल पुनःस्थाना गर्नुपर्ने बताएका छन्। दसैं तिहार नजिकिएको भन्दै सर्वसाधारणहरूलाई सहज तरिकाले गन्तव्यमा पुर्‍याउनका निम्ति सडक सञ्जालको पुनःस्थापना तत्काल हुनुपर्ने उनको जोड छ।

बाढी पहिरोको स्थलगत अनुगमनका क्रममा काभ्रे पुगेका अध्यक्ष दाहालले संकटका बेला आफ्नो साथ सधैं सरकारसँग रहने बताए। 'विपद्को बेला के सत्तापक्ष, के प्रतिपक्ष। हामी सबै मिलेर खोजीकार्य र उद्धारमा जुट्नुपर्छ। पीडितलाई राहत र पुनःस्थापना गर्नुपर्छ,' अध्यक्ष दाहालले भने।

उनले धेरैले आफन्त गुमाएकाले समग्ररूपमा सरकारले पुनःस्थापना गर्नुपर्ने बताए 'बाढी पहिरोबाट धेरै मानवीय क्षति भएको छ। उनीहरूका परिवारको पनि पुनःस्थापना हुन जरुरी छ। यो बेला खाद्यान्नको समस्या पनि उत्तिकै हुन्छ हाम्रो ध्यान त्यता तिर पनि जानुपर्छ। चाडपर्वका बेला मुख्य कुरा सडक सञ्जालको छ, त्यसलाई केसम्म छिट्टै पुनःस्थापना गर्नुपर्छ,' उनले भने।

विपद्का बेला सुरक्षा निकायहरूले निकै सराहनीय काम गरेको भन्दै अध्यक्ष दाहालले धन्यवाद दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.