घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन हवाई उडान हुने

घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन हवाई उडान हुने

काठमाडौं : बाढी- पहिरोका कारण देशैभरका मुख्य राजमार्गहरू प्रभावित भएपछि सरकारले रात्रिकालीन हवाई उडान थालनी गर्ने भएको छ। घटस्थापनादेखि कोजगत पूर्णिमासम्म ( असोज १७ देखि ३० गतेसम्म) लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने विमानस्थलहरूमा रात्रिकालीन उडान सञ्चालन गरिने भएको हो।

संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको  व्यवस्था मिलाएको जानकारी दिए। मन्त्री पाण्डेका अनुसार बिहान ४:३० बजेदेखि राति अपरेशन समय आवश्यकताअनुसार थप हुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

उनले भने,'बाढी- पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न २०८१/०६/१७ (घटस्थापना) देखि २०८१/०६/३० (पुर्णिमा) सम्म  त्रिअवि, गौतमबुद्ध, पोखरा अन्तराष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरू बिहान ४:३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने)सम्म नै  सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ।'

यसअघि असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए। 

तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका वायुसेवा कम्पनीहरू मन्त्री पाण्डेको विशेष पहलमा सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन सहमत भएका  छन्।

विपद्का बेला महंगोमा हवाई टिकट बिक्री गरेको भन्दै चौतर्फी आलोचना भएपछि  वायुसेवा कम्पनीहरूले तीन दिनलाई (अपर लिमिट ) अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए।

अविरल वर्षासँगे आएको बाढी -पहिरोले देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि तत्काल संभव भने छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.