संसदीय सुनुवाई समिति

न्यायाधीश नियुक्तिलाई विवादरहित बनाउँछु : प्रस्तावित प्रधानन्यायाधीश राउत

न्यायाधीश नियुक्तिलाई विवादरहित बनाउँछु : प्रस्तावित प्रधानन्यायाधीश राउत

काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्‍बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने बताएका छन्।

सिंहदबारमा बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भाबी कार्ययोजना प्रस्तुत गर्दै राउतले न्यायपरिषद्‍बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी र विवादरहित बनाउने कुरामा विशेष ध्यान दिने बताए।

उनले न्यायपालिका सुधारका लागि विचौलियाको नियन्त्रण गर्ने, न्यायाधीशको सुक्ष्म निगरानी गर्ने, अनलाइनमार्फत अनियमितता र गुनासोउपरको उजुरी सुन्न सकिने प्रणाली विकास गर्ने लगायतका योजना सुनाए।

त्यस्तै राउतले न्यायपालिकामा न्यायिक सदाचारको प्रवर्धनका लागि सूचकको तोकेर मूल्यांकनको प्रणाली विकास गर्ने उल्लेख गरे। न्यायपालिकामा सुशासनको प्रवर्द्धनसम्बन्धी नीतिगत विषयहरूमा निर्देशन गर्न सुशासन तथा सदाचार प्रवर्द्धन समितिको स्थापना गर्ने योजना रहेको उनको भनाइ छ।

त्यस्तै राउतले सर्वोच्चमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरूको क्षेत्राधिकारसम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख गरे। नागरिकलाई सहजरूपमा न्याय दिनका लागि पनि ध्यान केन्द्रित गर्ने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.