तातोपानी नाका ठप्प, खासामै अड्कियो एक सय कन्टेनर

तातोपानी नाका ठप्प, खासामै अड्कियो एक सय कन्टेनर

सिन्धुपाल्चोक : अविरल वर्षापछि आएको बाढी पहिरोले छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ।

बाह्रविसेदेखि तातोपानी नाकाबीचमा रहेको सडक र पुल भत्किएर सम्पर्क विच्छेद भएपछि दसैंका लागि फलफूल र लत्ताकपडा बोकेर आएका १ सय कन्टेनर खासामा अड्किएका छन्। खासा-तातोपानी जोड्ने दुईवटा पुल बाढीले बगाएपछि तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। 

चिनियाँ सामान आउन नपाएकाले तातोपानी नाका पूर्णरूपमा बन्द छ। जसकारण दसैंका लागि ल्याइएका सामग्री अलपत्र परेको तातोपानी भन्सारले जनाएको छ। तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले पानीको सतह घटेपछि लार्चामा ह्युमपाइप राखेर खासामा रोकिएका कन्टेनर भन्सारमा ल्याइने योजना बनाएको बताए। 

‘हामी नाका छिटो सुचारु गर्न लागिरहेका छौं। केही दिनमै भोटेकोशी नदी र लिपिङ खोलामा ह्युमपाइप राखेर सडक सम्पर्क स्थापित गरिनेछ,’ उनले भने। तर, फेरि पानी पर्ने हो भने दशैंअघि नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन समस्या हुने भट्टराई बताउँछन्। 

null

‘मौसमविद्हरूका अनुसार फेरि पानी पर्ने सम्भावना छ। फेरि पानी परे भोटेकोशी नदीको सतह बढ्ने छ’, उनले भने, ‘नदीको सतह बढेपछि फेरि सडकमा क्षति पुग्नसक्ने देखिन्छ। यसले खासामा रोकिएको कन्टेनर ल्याउन थप समस्या हुन सक्छ।’

कन्टेनर काठमाडौं पुर्‍याउन नाका सुचारु गरेरमात्रै पुग्दैन। बाह्रबिसे नगरपालिकाको सिरिसे, खागदल र जम्बुआसपास पहिरोले पुरेको सडकसमेत सुचारु गर्नुपर्ने हुन्छ। भोटेकोशी गाउँपालिका क्षेत्रमा पनि ठाउँ-ठाउँमा पहिरो गएकाले लार्चासम्मको सडक छिटो सञ्चालन गर्नुपर्ने बाध्यता छ। 

‘लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुल छेउको भाग लिपिङ खोलामा आएको बाढीले ध्वस्त बनाएपछि जोखिमपूर्ण अवस्था बनेको छ,’ भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठ भन्छन्, ‘चीन जोड्ने कोदारी राजमार्गको तातोपानी-हिन्दी खण्डमा ३५ मिटर सडक भास्सिएको छ। जसका कारण यातायात चल्नसक्ने अवस्था नै छैन।’ लार्चामा पुल बगाएपछि सो ठाउँमा ह्युमपाइप राख्न सुरु गरिएको उनले बताए।

null

भोटेकोशी नदीमा बगेको पुलको सट्टा ह्युमपाइप वा बेलिब्रिज हाल्नसके छिट्टै खासामा रोकिएको सामान ल्याउन सकिने व्यवसायीहरूको भनाइ छ। ‘चिनियाँ क्षेत्रमा पनि ठूला पहिरा गएकाले सडक खुलाउन समय लाग्ने अवस्था छ,’ नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले भने, ‘यताको सडकमार्ग तत्काल सुचारु गर्नसक्ने हो भने खासामा रोकिएका कन्टेनरहरू दसैंअघि ल्याउन सकिएला, नत्र सम्भव देखिँदैन।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले दुई देश जोड्ने सडक मार्ग तत्काल सुचारु गर्न लार्चामा ह्युम पाइप राखेर अस्थायी मार्ग बनाउन जोड दिएका छन्। नाकामा अलपत्र रहेका सामग्रीहरूको समयमै निकासीलगायतका विषयमा नेपाल हिमालय सीमापार वाणिज्य संघ लगायत सरोकारवालाहरूसँग छलफल गर्दै सापकोटाले बेलीब्रिजका लागि पहल गर्नुपर्ने बताए।

छलफलमा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माइली तामाङ, तातोपानी भन्सार अधिकृत कमलकुमार भट्टराई, सडक डिभिजन भक्तपुर प्रमुख सुमन योगेश, दोलखा प्रमुख अमित श्रेष्ठ, हिमालय सीमापारका पदाधिकारी एवं सदस्यहरू, नेपाल ट्रक कन्टेनर ढुवानी संघ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका माहासचिव एवं सदस्यहरूरु, सिल्क ट्रान्स्पोर्ट, आडो ट्रान्स्पोर्टलगायत व्यापारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो।

null

त्यस्तै हिमालपार सीमा व्यापार संघका सचिव आङ्दोर्जे शेर्पाले भौतिक पूर्वाधार विकास मन्त्री देबेन्द्र दाहालसमक्ष स्याउ, लसुन, प्याज, लत्ताकपडा बोकेर आएका कन्टेनरहरु रोकिएकोप्रति ध्यानाकर्षण गराएका छन्। दसैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको करसमेत तिरेका चाडवाड लक्षित सामान बोकेका कन्टेनरहरू तल्काल ल्याउने वातावरण बनाउन उनले मन्त्री दाहाललाई अनुरोध गरे।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सरेश नेपाल, नाका सम्बद्ध व्यवसायीसहितको भेटमा मन्त्री दाहालले तत्काल बेलिब्रिज जोड्ने र पहिरो पन्छाई आवागमन सहज बनाउन सरकार लागिरहेको बताए। स्थानीयहरूका कारण उत्पन्न समस्या समाधानमा सघाउन आग्रह गर्दै उक्त सडकलाई सुचारु गर्न र अस्थायी पुल निर्माण गर्न आवश्यक बजेटको कमी हुन नदिने विश्वास उनले दिलाए। 

अरनिको राजमार्गको स्तर उन्नती गर्न यो वर्षमात्र एक अर्ब बजेटको ब्यावस्था मिलाएको जानकारी दिँदै उनले दसैंअघि खासामा रोकिएका कन्टेनर ल्याउन प्रयत्न गरिने जनाए। 

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.