कोशीमा कांग्रेसको माग, ‘नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउनु’

कोशीमा कांग्रेसको माग, ‘नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउनु’

विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउन माग गरेको छ।

 
बाढी पहिरोमा फसेर नागरिक समस्यामा परेको भन्दै कांग्रेसले घर जान सक्ने वातावरण मिलाउन प्रदेश सरकारसँग माग गरेको हो। कांग्रेस कोशी प्रदेशले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्रदेशका नागरिकलाई सहजै दसैं मनाउन पाउने वातावरणका लागि विशेष पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ। 

कांग्रेस कोशीका प्रवक्ता यदु विष्टले बाढी र पहिरोका कारण अवरुद्ध भएका सडकहरु यथाशीघ्र संचालनमा ल्याउनुपर्ने बताए। केही दिनअगाडि भएको अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षति भएको छ।
 
कांग्रेसले देशको विषम परिस्थितिमा अकालमा मृत्युवरण गरेका नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको काम गरेको छ। मृतकका परिवारलाई विशेष राहतको व्यवस्था, पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन कांग्रेसले अनुरोध गरेको छ। 

साथै, राहत र उद्धारमा जुटन पनि आग्रह गरेको छ। ‘भर्खरै बनेको संयुक्त सरकारको सहकार्यलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो,’ कांग्रेसले भनेको छ, ‘तसर्थ, गठबन्धन गर्दा गरिएका सहमतिहरुलाई परिपालना गर्दै अघि बढ्न सरकारमा सहभागी सबै दल र पार्टीका साथीहरुलाई अनुरोध गर्दछौं।’

कांग्रेसले मुलुकमा बढ्दै गएको कालाबजारी, महँगी र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ। कालाबजारी, महँगी र भ्रष्टाचारप्रति सचेत हुन नागरिकलाई पनि कांग्रेसले अनुरोध गरेको छ। 

विष्टले कांग्रेस कोशी प्रदेश कार्यसमितिले पूर्णता पाएको र हालसम्म २२ वटा विभाग गठन भइ कार्यक्रम एवं गतिविधि निरन्तर भइरहेको जानकारी दिए । आवश्यक तयारी गरेर पार्टीको प्रदेश सम्मेलन चाँडै गरिने उनले बताए। 

कांग्रेसले विजयादशमी, शुभदिपावली छठलगायतका पर्वहरूको उपलक्ष्यमा सबैलाई शुभकामना समेत दिएको छ। देशमा राजनैतिक स्थायित्वको कामना पनि गरेको छ। पत्रकार सम्मेलनमा कांग्रेस कोशीका प्रवक्ता यदु विष्ट, नेता राजेश गुप्तालगायतका नेताहरू उपस्थित थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.