अखाद्य वस्तु बरामद

अखाद्य वस्तु बरामद

नुवाकोट : चाडपर्वको समयमा बजारमा गुणस्तरहिन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन गरिएको छ। अनुमगमनका क्रममा अखाद्य वस्तु जफत गरिएका छन्।

संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिकाको विभिन्न बजारमा रहेका किराना पसल तथा खाद्यान्न सप्लायर्सहरूको  स्थलगत अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको संयुक्त टोलीले एकै दिन विभिन्न पाँचवटा किराना पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।

संयुक्त बजार अनुगमन समितिद्वारा विदुर नगरपालिका– १ ढुंगे, त्रिशूली र विदुर–९ कोलोनीमा संयुक्त बजार अनुगमन गरिएको हो। पसल अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि जफत गर्नुका साथै नगद जरिवानासमेत गरिएको छ। टोलीले अनुगमनका क्रममा शुभलाभ स्टोरबाट  ३३ बोरा पूर्ण लेबल नभएको चामल बरामद गरिएको अनुगमन टोलीका सदस्य सचिव तथा उद्योग वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार ५२ हजार ८ सय रुपैयाँ बराबरको अखाद्य चामल बरामद गरिएको हो।

सो किराना पसललाई नगद  १० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख सापकोटाले वताए। यसका साथै  एसके स्टोर्सबाट २ बोरा लेवल नभएको अखाद्य केराउ बरामद गरिएको सापकोटाले बताए। उनका अनुसार अन्य किराना पसल तथा सप्लायर्सलाई पहिलोपटक सचेत गराई सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ।null सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले  किराना पसलको स्थलगत अनुगमन गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि त्यसलाई नियन्त्रणमा लिइएको छ। बरामद गरिएका अखाद्य वस्तुहरू खाल्डो खनेर नष्ट गरिने अनुगमन टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले जानकारी दिए।

अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्युनतम मापदण्डसमेत पूरा नगरेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष  इन्द्रबहादुर पण्डितले जानकारी दिए। उनका अनुसार पसलमा मूल्यसूचि नराखेको, विलविजक जारी र नवीकरण नगरेकोे पाइएको थियो। 

अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। अधिकांश पसलहरू मापदण्ड अनुसार सन्चालन नभएको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.