हनुमानढोकाको दसैं घरमा राखियो जमरा (तस्बिरहरू)

हनुमानढोकाको दसैं घरमा राखियो जमरा (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपालीहरूको महान् पर्व बडा दसैं आजदेखि सुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ।

घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ। कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान घटस्थापनाको साइत बिहान ९:१६ मिनेट निर्धारण गरेको थियो। nullयसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ। उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो। नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हनुमान ढोका सार्दुलजंग गुल्मका पण्डित सुवास  कोइरालाले जानकारी दिए।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ। आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। nullआज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।  टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर ३६ मिनेटको साइत उत्तम छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.