नेपालमा बनेको हुन्डाई 'भेन्यू ई'को बिक्री वितरण सुरु

नेपालमा बनेको हुन्डाई 'भेन्यू ई'को बिक्री वितरण सुरु

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले 'भेन्यू ई' भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट Venue S र SX उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

कम्पनीले नेपालमा हुन्डाई Venue को व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY  क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४०,९६,००० कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध Venue का अरु भेरियन्टहरुको मूल्य Venue (S) 1.2 को ४४,९६,००० र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० कायम गरिएको छ। कम्पनीले मेड इन नेपाल हुन्डाई Venue मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।  

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.