आजदेखि नवरात्री सुरू : पाल्पाका भगवती मन्दिरमा पुजापाठ गर्नेको भीडभाड

आजदेखि नवरात्री सुरू : पाल्पाका भगवती मन्दिरमा पुजापाठ गर्नेको भीडभाड
तस्बिर : अन्नपूर्ण

तानसेन : आज बडा दशैंको पहिलो दिन घटस्थापना। पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनहरूको भीडभाड बढेको छ । भक्तजनहरू  बिहानै नदी, तलाउ,धारा, कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजापाठ तथा दर्शनका लागि भगवतीका मन्दिर पुगेका छन् ।

पाल्पालीहरूले शुभ साइतमा घटस्थापना गरेका छन् ।  जिल्लाको डाँडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिर सरसफाइ गरी आज नवरात्रीदेखि देवीको नित्य पूजाआजा सुरू गरिएको छ । 

null

तानसेनको भगवती मन्दिरमा परम्परागत नेवारी भाषाको डाफा भजनले सबैको मन तानेको छ ।  लोपोन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजन संरक्षणको वृद्धवृद्धादेखि युवाहरूको सहभागी रहेको छ । परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा  युवाहरूलाई समेत डाफा भजन स्तुतिमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाको लागि सहयोग पुगेको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । 

भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समूहले नियमितरुपमा नवरात्रीभरी डाफा भजन गर्दै आएका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।  

तानसेनको भगवती मन्दिर, रम्भापानीको रम्भा देवी मन्दिर,भुवनपोखरीको रैनादेवी मन्दिर,बतासेको कालिका मन्दिरलगायतका मन्दिरमा  पूजाआजाको लागि भक्तजनको अध्याधिक भीड हुने गर्दछ । पाल्पामा नवदुर्गाको समयमा  मन्दिर वरिपरी विभिन्न समूहबाट देवीको स्तुति भजन गर्ने परम्परा रहिआएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.