वीरगन्जमा सुरु भयो दशहरा मेला (तस्बिर)
वीरगन्ज : घटस्थापनाकै दिनदेखि वीरगन्जमा दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ। नवमीका दिनसम्म लाग्ने मेलामा पसलेहरुले सडकमै पसल थाप्ने गरेका छन्।
गहवामाई र विर्ता मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरुले दशहरा मेलामा किनमेल गर्छन्। फूलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने गर्दछन्। मेलामा पर्सा, बारा, रौतहट, सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने स्थानीयको भनाई छ।
बडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ। कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ।
तस्बिरमा हेर्नुहोस् दसैं मेला...